काठमाण्डौ । थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सरेको छ । थाइल्याण्डमा नयाँ राजनीतिक उतारचढाब देखिएपछि यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको हो ।
थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गरेको छ ।
यससँगै अब सबै सदस्य मुलुकहरूसँग छलफल गरेर शिखर सम्मेलनको नयाँ मिति तय गरिने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) काृ स्थापना सन् १९९७ मा स्थाभएको थियो । नेपालले बिमस्टेकको सदस्यता सन् २००४ मा प्राप्त गरेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।