काठमाण्डौ । इजरायलले केयर गिभरका लागि २ हजार २०४ जना नेपाली घनौट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले नेपालबाट लैजाने कामदार गोला प्रथाबाट छनौट गरेको हो ।
नेपालबाट केयर गिभरका लागि आएको आवेदनमाथि छानबिन गरी ३ हजार ४६१ जनाको नामावली इजरायल पठाइएको थियो । नक्कली प्रमणपत्र पेस भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
यसअघि छनोटका चरणमा रहेका ५ सय जना मुख्य उम्मेदवार र ३ सय वैकल्पिक उम्मेदवार गरी कूल ८ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर १ हजार मुख्य उम्मेदवार र १ हजार वैकल्पिक उम्मेदवारगरी कूल २ हजारसम्म नेपाली लैजान इजरायल तयार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।