सोमबार, असार २,२०८२ 03:58:26
  • सोमबार, असार २,२०८२ 03:58:26
Global IME Bank Limited

घट्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

Hyundai Nepal
घट्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको छ । मूल्य समायोजनपश्चात आन्तरिकतर्फको हवाई इन्धनको  मूल्य प्रतिलिटर १३२ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १००५ निर्धारण भउको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०.५०, १६२ र १६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१.५०, १५३ र १५४ निर्धारण गरेको छ ।  

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.