आईतवार, फाल्गुन ११,२०८१ 08:02:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:02:55
IME remit
Global IME Bank Limited

हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने

Hyundai Nepal
हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य हरि ढकालसहितका सेयर बजारमा सक्रिय लगानीकर्ताको एक समूहले अर्थमन्त्रीलाई भेटी बजार सुधारका लागि ७ बुँदे सुझाव पेश गरेको छ ।  

ढकाल नेतृत्वको समूहले अवैज्ञानिक तरिकाले गणना गरेको पूँजीबजारको बजार पूँजीकरणले जनमानसमा गलत सन्देश दिएको उल्लेख गर्दै तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने लगायतका सुझाव पेश गरेको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अर्थमन्त्रीसँग भएको विशेष भेटमा बजार पूँजीकरण सम्बन्धी हाल रहेको कानूनी व्यवस्था परिमार्जन गर्न सुझाइएको हो । ‘बजार पूँजीकरण गणना गर्दा प्रत्येक सूचीकृत कम्पनीका सेयर समूह(सर्वसाधारण र संस्थापक) अन्तर्गत पर्ने सेयरहरु निक्र्यौल गरी साधारण सेयर सरह कारोबार हुने कित्ताको मूल्य नेप्सेमा कारोबार भएको मूल्यको आधारमा, संस्थापक सेयरको लकइन अवधि समाप्त भएको तर संस्थापक समूहमा नै रहेर कारोबार हुने कित्ताको संस्थापक सेयरको अन्तिम कारोबार मूल्यको आधारमा र संस्थापक सेयरको लकईन अवधि समाप्त नभएको सेयरहरुको हकमा वैज्ञानिक तरिकाले त्यस्ता सेयरको मूल्य निर्धारण गरी प्रत्येक सूचीकृत कम्पनीको बजार पूँजीकरण निकाली कुल सूचीकृत कम्पनीको योगफलबाट बजार पूँजीकरणको गणना गर्नुपर्ने ।’–अर्थमन्त्रीलाई दिइएको लिखित सुझावमा भनिएको छ ।  

हालको बजार पूँजीकरण तथ्यपरक नभएको र वास्तविक मूल्य तथ्याङ्कको आधारमा बजार पूँजीकरण गणना गर्ने हो भने हाल निकालिएको बजार पूँजीकरणको ७० प्रतिशतको हाराहारीमा मात्र बजार पूँजीकरण रहेको अनुमान आफूहरुले गरेको सो क्रममा लगानीकर्ताहरुले बताएका थिए । 

 

‘एकातिर अनौपचारिक अर्थतन्त्रले गरेको योगदानलाई देशको जीडीपीमा गणना गर्न नसक्ने, अर्कोतिर अवास्तविक बजार पूँजीकरणको तथ्याङ्क देखाएर जीडीपीसँग तुलना गरी पूँजीबजारको लयलाई नै ब्रेक लगाउने गरी जिम्मेवार व्यक्ति एवम् निकायहरुले बेला बेलामा नकारात्मक अभिव्यक्ति दिने गरेकोले वास्तविक बजार पूँजीकरणको अबिलम्ब गणना गर्नुपर्ने आवश्यकता छ ।’ ढकालले अर्थमन्त्रीसँग भने ।  

यो समूहले बैंक बित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सूचीकृत कम्पनीमा लगानी गर्न दिनुपर्ने, सबै प्रकारको सेयर धितोकर्जाको जोखिमभार १०० प्रतिशत कायम गर्नुपर्ने, धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्नुपर्ने माग राखेको छ ।  

यस्तै, खराब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवम् हकप्रद निश्कासन रोक्नुपर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु(स्टक एक्सचेञ्ज, ब्रोकर, मर्चेन्ट बैंकरहरु)को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुनसक्ने अबाञ्छित गतिविधि रोक्न नियमन बढाउनुपर्ने लगायतका सुझाव समेत पेश गरिएको छ ।  

भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिइएका सुझावहरु कार्यान्वयनयोग्य रहेको बताउँदै बजारको दिगो विकास र बिस्तार तथा लगानीकर्ताको मनोबल सकारात्मक बनाउनका लागि आवश्यक नीतिगत व्यवस्था तथा संसोधनका लागि आफू तयार रहेको बताएका थिए ।  

उनले नयाँ सरकार आएलगत्तै सेयर बजारबाट सुरु भएको उत्साह अन्यत्र पनि सर्न थालेको र यसले समग्र अर्थतन्त्र नै लयमा फर्किने बलियो आधार तयार भएको समेत बताएका सो भेटमा सहभागी लगानीकर्ताहरुले जानकारी दिएका छन् ।  

सांसद ढकाल नेतृत्वको टोलीमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल, अगुवा लगानीकर्ता गोपाल स्वामी, दुर्गा तिवारी, स्टक ब्रोकर एशोसिएसनका प्रियराज रेग्मी, सचिन सिलवाल लगायतको सहभागिता थियो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.