शनिबार, आश्विन ५,२०८१ 07:30:55
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 07:30:55
IME remit
Global IME Bank Limited

दिगोको अटो कर्निवल भदौ १९ देखि २२ सम्म हुँदै, पुराना सवारीलाई नयाँ ईभीसँग एक्सचेञ्ज गर्न सकिने

Hyundai Nepal
दिगोको अटो कर्निवल भदौ १९ देखि २२ सम्म हुँदै, पुराना सवारीलाई नयाँ ईभीसँग एक्सचेञ्ज गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ।  

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने कम्पनीले जनाएको छ । जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेञ्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ।

चार दिनसम्म चल्ने यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी गर्नेछ। सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन् । जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिने पनि कार्निभलको अर्को प्रमुख आकर्षण हो।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यसै कर्निवालमा दिगो ग्रुप अन्तर्गत अन्य स्टलमा सहभागीहरूले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर साथै नेपाली राजमार्गमा चर्जिङ्ग स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो ई–स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन् । यसरी सहभागीहरुले  दिगोको विद्युतीय सवारीसाधन मात्रै नभई चार्जिङ तथा अन्य पूर्वाधारको बारेमा पनि राम्रो जानकारी पाउने दिगोले जनाएको छ।  

साथै, यस कार्यक्रममा एक्सचेन्जको लागि भ्यालुएटर, फाईनेन्सिङ्गको लागि बैंक अनि इन्स्योरेन्स तथा स्पेर पार्ट्स कम्पनीहरुको पनि उपस्थिथि रहने छ।      

आफ्नो ग्राहकहरुलाई चाहिने सबै सुबिधालाई एकै ठाउँमा ल्याएर गर्न लागेको यस ४ दिने कर्निवल व्यावसायिक इलेक्ट्रिक सवारीसाधन ग्राहकहरूको लागि अत्यन्त महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.