काठमाण्डौ । भारतीय सेयर बजारमा व्यापक गिरावट आएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी दुवैमा उच्च अंकको गिरावट आएको छ ।
यो समाचार तयार पर्दासम्म आज सेन्सेक्स इन्डेक्स १०१७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८१ हजार १८३ विन्दुमा सीमित बनेको छ ।
यस्तै निफ्टी५० पनि २९२ अंकले ओरालो लाग्दै २४ हजार ८५२ विन्दुमा खुम्चिएको छ ।
आज सबैभन्दा धेरै गिरावट एसबीआई बैंकको सेयमूल्यमा आएको छ । यो बैंकको सेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ । यस्तै आज अडाणी पोर्ट,रिलायन्स इन्डिस्ट्रज,आईटीसी र एचसीएल जस्ता कम्पनीको सेयरमूल्यमा समेत भारी गिरावट आएको छ ।
सेन्सेक्सका ३० वटा कम्पनीको सेयरमध्ये २६ वटामा गिरावट आएको छ भने ४ वटा कम्पनीको मात्रै बढेको छ । यस्तै निफ्टीको ५० वटा कम्पनीको सेयरमध्ये ४२ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
सरकारी बैंकहरुको सेयरमूल्य आज ३ प्रतिशतले घटेको छ ।