बिहीबार, चैत्र २१,२०८१ 03:24:53
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:24:53
IME remit
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको  लुभु शाखा कार्यालयले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।

‘एक सदस्य एक लघुवित्त’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यबनाउने उपायहरु,डिजिटल बैकिङ सेवा, बहु–बैकिङबाट बच्ने उपायहरु जस्ता विषयमा केन्द्रीत रहेको संस्थाले जनाएको छ ।

 

Shivam Cement
Bizshala
CG Motors

कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्तले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरणप्रति सजग गराउने, बहु–बैकिङबाट बच्न सिकाउने, आवश्यकताअनुसारको कर्जा कारोबार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरि समाजलाई सकारात्मक दिशातर्फ अगाडी बढाएकोमा संस्थाको प्रशंसा गरिन् ।  

वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । उनले वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यपार व्यवसायलाई सफल बनाउन सुझाव समेत दिए १५० जनाभन्दा बढी सहभागी सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमा संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.