काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।
पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको श्रृजना गर्न सक्छन र ती श्रृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सकिन्छ ।
यो एप मार्फत श्रृजनाकर्ताहरूले बिभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक , रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन । यसरी सामाग्री बनाएर आय श्रुजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँने बैंकले जनाएको छ ।
प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन । यस सहकार्यले श्रृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।