बुधबार, श्रावण २०,२०८३ 02:45:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:45:07
Bizshala
Global IME Bank Limited

नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी

नेप्से र सेबोनमा सुधार आवश्यक, नियामकीय कमजोरीका कारण राम्रा कम्पनीको आईपीओ आउन सकिरहेको छैन: चौधरी
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले सेयर बजारको नियामकमा सुधारको आवश्यकता औंल्याएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै चौधरीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुधारको आवश्यकता रहेको बताएका हुन् ।  

उक्त अवसरमा उनले अन्तर्राष्ट्रिय बजारका नियामकहरूले अपनाईरहेका अभ्यास र कानूनको अनुशरण गरेर सेबोन र नेप्सेले पनि सुधारका कदमहरु चाल्नु पर्नेमा जोड दिए ।  

नियामकको कमजोरीका कारण नै बजारमा राम्रा कम्पनीहरुले सेयर बजारमा आउन अनिच्छुक भएको आरोप चौधरीले लगाए  । ‘राम्रा चलेका कम्पनी किन आइपीओमा आउँदैनन् ? तजबिजी अधिकारले राम्रा कम्पनी आएनन्। अहिले देशलाई लगानीको खाँचो परिरहेको छ। त्यसैले अन्तर्राष्ट्रिय नियामकहरूले अपनाएका अभ्यास र कानूनहरूलाई हेरेर नियामकमा रिफर्म गर्ने नीति बनाऔं,’ उनले भने ।  

उनले लगानीकर्तामा नियामकका त्रासका रहेको समेत बताए ।  

यस्तै उनले पूँजी बजार अर्थतन्त्र विस्तारको औजार भएकाले लगानीकर्तालाई प्रोत्साहित गर्ने गरी नियामकले काम गर्नुपर्नेमा जोड दिए  ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.