डलर अर्बपति चौधरीको भेटपछि किन हतारियो बीवाईडी ? साइमेक्ससँगै रहने घोषणा
काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले संयुक्त रूपमा बीवाईडीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग भेट गरेको तस्बिर सार्वजनिक भएपछि नेपाली अटोमोबाइल बजारमा सुरु भएको चर्चाबीच बीवाईडीले महत्वपूर्ण प्रष्टीकरण दिएको छ।चौधरी बाबुछोराको उच्चस्तरीय भेटपछि नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको डिलरसिप परिवर्तन हुन लागेको हो...

