शुक्रबार, जेष्ठ १,२०८३ 03:57:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एक वर्षमै १० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति, फोर्ब्स सूचीको १९८२औँ स्थानमा परे

Laxmi Sunrise Bank Limited
एक वर्षमै १० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति, फोर्ब्स सूचीको १९८२औँ स्थानमा परे
Shivam Cement

काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीको सम्पत्ति एक वर्षको अवधिमा उल्लेखनीय रूपमा बढेको छ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार सन् २०२५ मा २ अर्ब डलर रहेको उनको कुल सम्पत्ति सन् २०२६ मा बढेर २.१ अर्ब डलर पुगेको छ। यसरी एक वर्षमै उनको सम्पत्ति १० करोड अमेरिकी डलरले वृद्धि भएको देखिन्छ।

Bizshala
New Office
CG Motors

फोर्ब्सको पछिल्लो विश्व अर्बपति सूचीअनुसार चौधरी सन् २०२६ का लागि १९८२औँ स्थानमा रहेका छन्। उनी फोर्ब्सको अर्बपति सूचीमा पर्ने नेपालका एक मात्र व्यक्ति हुन्।

चौधरीको सम्पत्ति पछिल्ला वर्षहरूमा क्रमशः बढ्दै गएको देखिन्छ। सन् २०२४ मा उनको नेटवर्थ १.८ अर्ब डलर रहेको थियो भने त्यसपछि सन् २०२५ मा २ अर्ब डलर पुगेको थियो। त्यसपछि २०२६ मा थप वृद्धि भएर २.१ अर्ब डलर पुगेको हो।

Garima Development Bank
Shivam Cement
IME remit

बहुआयामिक व्यापारिक समूह सीजी कर्प ग्लोबल (CG Corp Global) का अध्यक्ष चौधरीले खाद्य उद्योग, होटल, बैंकिङ, ऊर्जा, पूर्वाधार र रियल इस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेका छन्। विशेषगरी वाइवाइ चाउचाउ ब्रान्डमार्फत सुरु भएको व्यवसाय अहिले विश्वका धेरै देशमा फैलिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.