Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 10:06:02
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि चौधरी ग्रुपको १५ करोडभन्दा बढी सहयोग, पहिलो चरणमा ५०० अस्थायी घर बनाइने

भोटेकोशी बाढीपीडितका लागि चौधरी ग्रुपको १५ करोडभन्दा बढी सहयोग, पहिलो चरणमा ५०० अस्थायी घर बनाइने
New Office

काठमाडौं । चौधरी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढीपीडितका लागि तत्काल खाद्यान्न र औषधि उपलब्ध गराउने, राहत शिविर सञ्चालन गर्ने तथा पहिलो चरणमा ५०० वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका हुन्।

विनाशकारी बाढीबाट घरबार गुमाएका तथा संकटमा परेका परिवारलाई तत्काल राहतसँगै सुरक्षित बासको व्यवस्था गर्न सहयोग केन्द्रित गरिने जनाइएको छ। प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामग्री वितरण तथा राहत शिविर निर्माणको कामसमेत अघि बढाइनेछ।

Bizshala
CG Motors

बाढीले ठूलो संख्यामा नागरिकलाई विस्थापित गरेपछि तत्काल उद्धार र राहतसँगै उनीहरूको पुनर्वास चुनौतीपूर्ण बनेको छ। यही अवस्थालाई ध्यानमा राख्दै चौधरी फाउन्डेसनले पहिलो चरणमै ५०० वटा संक्रमणकालीन घर बनाउने योजना अघि सारेको हो।

स्थायी पुनर्निर्माण पूरा हुन समय लाग्ने भएकाले संक्रमणकालीन आवासले घरविहीन परिवारलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

घोषित १५ करोड रुपैयाँभन्दा बढीको सहयोग खाद्यान्न तथा चिकित्सा राहत, राहत शिविर निर्माण र अस्थायी आवासलगायतका काममा परिचालन गरिने बताइएको छ। चौधरी समूहको सहयोगले तत्काल मानवीय राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका कामलाई समेट्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.