शनिबार, असार २८,२०८२ 07:39:21
  • शनिबार, असार २८,२०८२ 07:39:21
Global IME Bank Limited

सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो शाइन रेसुङ्गा, एक्सेलसहित ६ वटा बैंक घाटामा

Hyundai Nepal
सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो शाइन रेसुङ्गा, एक्सेलसहित ६ वटा बैंक घाटामा
Shivam Cement

काठमाडौं । विकास बैंकहरुले एक महिनामै ८५ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये ११ वटा बैंकले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  

राष्ट्र बैंकका अनुसार साउन महिनामा ११ वटा विकास बैंकले नाफा कमाउँदा बाँकी ६ वटा बैंक भने घाटामा रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साउनमा सर्वाधिक नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले एक महिनामै २० करोड २० लाख रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, दोस्रोमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले उक्त महिनामा १६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थान कायम गरेको छ ।  

सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा भने महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले एक महिनामै १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकास बैंकले ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ८१ लाख, लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख, सिन्धु विकास बैंकले ३१ लाख, सालपा विकास बैंकले २९ लाख, कर्पोरेट डेभलपमेन्टले १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यी बाहेकका अन्य ६ वटा विकास बैंक भने नोक्सानीमै छन् । साउनमा सबैभन्दा धेरे नोक्सानी एक्सेल डेभलपमेन्ट बैंकले व्यहोरेको छ । बैंक ६ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली, ४८ लाख र मितेरी डेभलपमेन्ट बैंक २२ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।

 

 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X