मंगलवार, असार ९,२०८३ 11:48:59
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:48:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास

Laxmi Sunrise Bank Limited
अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)’ले ब्याजदर कटौती गरेको छ । फेडले आधि प्रतिशतले अर्थात ५० बेसिक प्वइन्टले ब्याजदर घटाएको हो । 

यससँगै फेडरल फण्ड रेट ४.७५ देखि ५ प्रतिशत कायम भएको छ । फेडले ब्याजदरमा गरेको यो कटौती पछिल्लो ४ वर्षमा पहिलो हो । जो बाईडेनको कार्यकालमा भएको यो पहिलो कटौती पनि हो ।  

 

New Office
CG Motors
Garima Development Bank

एक वर्षसम्म अमेरिकामा ब्याजदर ५.३ प्रतिशत हाराहारी रहेको थियो । जुन सन् २००१ पछिकै उच्च थियो । ब्याजदर कटौतीले ऋण लिनेहरुलाई राहात प्रदान गर्ने जनाइएको छ । फेडले ब्याजदरमा कटौती गर्न सक्ने आँकलनका साथ अमेरिकामा मोर्गेज रेट भने पहिले नै घटिसकेको छ ।  

यो वर्ष फेडले थप कटौती गर्न सक्ने समेत जनाइएको छ । बढ्दो बेरोजगारीदर र सुस्त अर्थतन्त्रका कारण गत जुलाई  महिनादेखि फेडलाई ब्याजदर कटौती गर्न दबाब आएको थियो । वर्षको सुरुवातमा अमेरिकामा बेरोजगारीदर ३.७ प्रतिशत थियो । जुलाई महिनामा यो बढेर ४.३ प्रतिशत पुगेको थियो । जुन सन् २०२१ पछिकै उच्च हो ।  

गत महिना यो दर केही घट्दै ४.२ प्रतिशतमा सीमित बनेको थियो । तर केन्द्रीय बैंकका अधिकारीहरुले यसमा सुधार आउने सम्भावना नदेखेपछि ब्याजदर कटौतीको बाटो रोजेका हुन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वमा  कस्तो पर्नेछ प्रभाव  

फेडको ब्याजदर कटौतीले अमेरिकी नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । यसका साथै अमेरिकी डलरसँग जोडिएका विश्वका केन्द्रीय बैंकहरु जस्तै हङकङ र अन्य खाडीका देशहरु यो निर्णयबाट प्रभावित हुनेछन् । त्यसैले यी देशका ऋणीहरुमा समेत फेडको ब्याजदरको कटौतीको असर पर्नेछ ।  

यो निर्णयले अमेरिकी सेयर बजारमा लगानी गरेका अन्य देशका लागननीकर्ता लाभान्वित हुनेछन् । न्यून ब्याजदरले सेयर बजार बुस्ट हुने दुई वटा कारण देखिन्छन् ।  

पहिलो भनेको कम्पनीहरुले कम रकममा कर्जा लिन सक्छन् र यसलाई थप मुनाफायोग्य बनाउन पुनः लगानी गर्न सक्छन् ।  

दोस्रो भनेको न्यून ब्याजदरले बचत खाता र यस्तै प्रकारका अन्य लगानीहरुमा लगानीकर्ता कम आकर्षित हुन्छन् । त्यसैले लगानीकर्ताहरुले आफुसँग भएको पैसा सेयर बजारमा लगानी गर्ने सम्भावना उच्च रहन्छ ।       

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.