काठमाण्डौ । सिन्धु विकास बैंकका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानको राजीनामा स्वीकृत गरेको हो ।
प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई गत भदौ २६ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
उनको उक्त राजीनामा असोज ५ गतेबाट लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । प्रधानले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।