मंगलवार, असार ३,२०८२ 09:13:07
  • मंगलवार, असार ३,२०८२ 09:13:07
Global IME Bank Limited

जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य

Hyundai Nepal
जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य
Nabil Bank Limited

काठमाण्डौ । जापानको इशिकावा प्रान्तका केही भागमा कीर्तिमानी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।

गत जनवरी १ मा आएको विकानकारी भुकम्पबाट माथि उठ्न खोजिरहेको वाजिमा र सुजु सहरहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ शनिबारदेखि सोमबारसम्म निरन्तर वर्षा भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारी वर्षाका कारण दर्जनौं नदीहरूका जलस्तर बढेको छ । जसका कारण सडकहरु जलमग्न भएका छन् ।  बाढीमा परी मृत्यु भएका मध्ये दुईजना वाजिमामा पहिरोले पुरिएको सुरुङ नजिकै फेला परेका थिए । तीमध्ये एक सडक मर्मत गर्ने कामदार थिए।

जापान टाइम्सले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्य मृत्युमध्ये दुई वृद्ध पुरुष र एक वृद्ध महिला रहेको जनाएको छ।

बाढीको पानीले नयाँ वर्षको दिन गएको भूकम्पमा घरबार गुमाएका मानिसहरूका लागि बनेका अस्थायी आवासहरू डुबानमा परेका छन् । होकुरिकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार सोमबार झण्डै ४ हजार घरधुरी बिजुलीविहीन भएका छन् ।

वाजिमा, सुजु र नोटो सहर सहित इशिकावाका ४ सहरका ४० हजार भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।  

इशिकावाको उत्तरमा निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार बासिन्दाहरूलाई पनि बसोवास गरिरहेको स्थान खाली गर्न भनिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.