शुक्रबार, आश्विन १६,२०८३ 03:25:20
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 03:25:20
Bizshala
Global IME Bank Limited

जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य

Bizshala
जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य
New Office

काठमाण्डौ । जापानको इशिकावा प्रान्तका केही भागमा कीर्तिमानी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।

गत जनवरी १ मा आएको विकानकारी भुकम्पबाट माथि उठ्न खोजिरहेको वाजिमा र सुजु सहरहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ शनिबारदेखि सोमबारसम्म निरन्तर वर्षा भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भारी वर्षाका कारण दर्जनौं नदीहरूका जलस्तर बढेको छ । जसका कारण सडकहरु जलमग्न भएका छन् ।  बाढीमा परी मृत्यु भएका मध्ये दुईजना वाजिमामा पहिरोले पुरिएको सुरुङ नजिकै फेला परेका थिए । तीमध्ये एक सडक मर्मत गर्ने कामदार थिए।

जापान टाइम्सले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्य मृत्युमध्ये दुई वृद्ध पुरुष र एक वृद्ध महिला रहेको जनाएको छ।

बाढीको पानीले नयाँ वर्षको दिन गएको भूकम्पमा घरबार गुमाएका मानिसहरूका लागि बनेका अस्थायी आवासहरू डुबानमा परेका छन् । होकुरिकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार सोमबार झण्डै ४ हजार घरधुरी बिजुलीविहीन भएका छन् ।

वाजिमा, सुजु र नोटो सहर सहित इशिकावाका ४ सहरका ४० हजार भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।  

इशिकावाको उत्तरमा निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार बासिन्दाहरूलाई पनि बसोवास गरिरहेको स्थान खाली गर्न भनिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.