मंगलवार, असार ३,२०८२ 12:20:37
  • मंगलवार, असार ३,२०८२ 12:20:37
Global IME Bank Limited

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद

Hyundai Nepal
मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद
Nabil Bank Limited

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएकालाई विशेष अदालतले सजाय ताकेको छ । अदालतले ३ कम्पनी र ४ व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेको थियो । दोषी ठहर भएको पूर्वसचिव ठाकुरसहित ४ जनालाई जनही ८ वर्ष कैद सजाय तोकिएको छ । ठाकुर मेलम्ची खानपानी समितिका तत्कालीन् अध्यक्ष समेत हुन् ।  

अदालतले उनी र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही ८ वर्ष एक महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँबराबरको जरिवाना निर्धारण गरेको छ ।

यस्तै अदालतले तत्कालीन् खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई ८ वर्ष एक महिना कैद र २ करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई ८ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद छुट र २ करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।

यस्तै ईपिआईआईएसए कम्पनीलाई ६ करोड २१ लाख ९३ हजार ५९६, बिईटिएसलाई २ करोड ९५ लाख ६५ हजार ६०३ र सिएमसी डी राभेनालाई २६ करोड ११ लाख ६ हजार ९९१ जरिवाना गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.