शनिबार, बैशाख १२,२०८३ 12:39:27
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 12:39:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानीमा रु. ७०० सम्मको क्यासब्याक

Bizshala
सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानीमा रु. ७०० सम्मको क्यासब्याक
Shivam Cement

काठमाण्डौ । सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक पाइने स्किमहरुको घोषणा गरेको छ ।  

नेपालको सबभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक सम्बन्धी विभिन्न स्किमहरु घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा CITYPAY प्रोमोकोड प्रयोग गरी रु २०० रुपैंया रकमबराबरको बोनस ब्यालेन्स तथा हरेकदिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ ग्राहकलाई रु ५०० बराबरको बोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

साथै दशैतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ । 

CG Motors
Garima Development Bank
IME remit

सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा FLIGHT200 प्रोमो कोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रा ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो।दशै,तिहार र छठको समयमा हाम्रा ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं। हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो।“ सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने।

सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भूक्तानी गर्न सकिन्छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिद्धारा प्रवर्धित सिटी वालेट प्रा.लि. स्थापनाको निकै छोटो समयमा ग्राहकमाझ लोकपिय्र डिजिटल वालेटको रुपमा स्थापित ब्राण्ड रहेको कम्पनीको दाबी छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.