बुधबार, श्रावण २०,२०८३ 02:59:39
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:59:39
Bizshala
Global IME Bank Limited

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ
New Office

काठमाण्डौ । अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बसोवास गर्ने ३४ वर्षिय सुजित सर्राफ रहेका छन् । प्रहरीले उनलाई विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक ईभी माईक्रोमा चेकजाँच गर्दा पक्राउ गरेको हो । 

चेकजाँचका क्रममा प्रहरीले सर्राफको साथबाट ४ सय ९० ग्राम ८८० मिलिग्रामका बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो १ टुक्रा र सिक्री १ थान बरामद गरेको थियो ।  

सर्राफबाट बरामद भएको सुनको बजार मूल्य ६७ लाख ३४ हजार ५ सय ४४ नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सर्राफलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.