काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले मधेश प्रदेशका आठै जिल्लाका ४५ शाखा कार्यालयबाट २ जनाका दरले प्रतिनिधित्व गरेका ९० जना ग्राहक सदस्यको उपस्थितीमा माघ २८ र २९ गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रम लाालगढ स्थित न्यू बौवा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको अध्यक्षतामा सञ्चालन भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मनोज कुमार दास, सञ्चालक दिनेश कुमार राय, विनोद कुमार साह, विभागिय प्रमुख रेशम प्रसाद वास्तोला, रामानन्द यादव सहित ९० जना ग्राहक सदस्यको उपस्थिती रहेको थियो ।
दुई दिने वित्तीय साक्षरता कार्यक्रममा सत्यदेव राउत, रेशम वास्तोला र रामानन्द यादवले सहभागिहरुलाई वित्तीय शिक्षा दिएका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनोज कुमार दासले आफ्ना ग्राहक सदस्यका लागि मिथिलाले विभिन्न किसिमका सेवा सुविधा र सहुलिएत दिईरहेकोमा आगामी दिनमा अझ राम्रा र जन उपयोगि कार्यक्रम सञ्चालन गरिने बताए ।