बुधबार, चैत्र २०,२०८१ 12:55:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:55:38
IME remit
Global IME Bank Limited

बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा सर्वाधिक सम्पत्ति र मोटर दाबीको माग, अन्य बीमालेखमा कति ?

Hyundai Nepal
बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा सर्वाधिक सम्पत्ति र मोटर दाबीको माग, अन्य बीमालेखमा कति ?
Nabil Bank Limited

काठमाण्डौ । बाढीपहिरोको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सम्पत्ति बीमा र मोटर बीमाको दाबी परेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म कुल ३३४ वटा सम्पत्ति बीमा र १५६ वटा मोटर बीमा (निजी)को दाबी परेको छ ।  

प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सम्पत्ति बीमातर्फ १२५८ वटा र मोटर बीमातर्फ ५४३ वटा दाबी पर्न सक्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

हालसम्म सम्पत्ति बीमातर्फ २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी परिसकेको छ भने सो दाबी रकम बढेर ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ पुग्न सक्ने प्राािधकरणले अनुमान रेको छ ।  

यसका साथै मोटर बीमातर्फ पनि ४ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी परिसकेको छ भने प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम उक्त दाबी रकम २७ करोड ३० लाख रुपैयाँ पुग्ने सक्ने प्राधिकरणले अनुमान गरेको छ ।  

प्राधिकरणका अनुसार हालसम्म सर्वाधिक सम्पत्ति बीमाको लागि दाबी परेको छ । पछिल्लो समय आएको भिषण वर्षाले सर्वसाधारणहरुको सबैभन्दा बढी सम्पत्तिमा क्षति पुर्याएको देखिएको छ । यसकारण अहिलेसम्म निर्जीवन बीमा कम्पनीहरुमा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको बीमा दाबी माग गरिएको छ ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत पनि हालसम्म ६३ वटा दाबीको कुल २८ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी माग परेको छ । प्राधिकरणका अनुसार उक्त दाबी बढेर १४९ वटा दाबीको ७१ करोड ८९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।  

त्यस्तै, सार्वजनिक तर्फको मोटर बीमामा पनि हालसम्म निर्जीवन बीमा कम्पनीहरुमा ५४ वटा दाबीको कुल १ करोड ८५ लाख रुपैयाँको दाबी माग परेको छ । उक्त दाबी प्रारम्भिक निरीक्षण बमोजिम २४६ वटा पुग्ने र दाबी रकम पनि १५ करोड ४५ लाख रुपैयाँ पुग्ने प्राधिकरणले अनुमान गरेको छ ।  

यसका साथै कृषि तथा बालि बीमा अन्तर्गत हालसम्म ९५ वटा दाबीको ३८ लाख ६७ हजार रुपैयाँ बराबरको बीमा दाबी माग परेको छ । उक्त दाबी ९६ पुग्ने र दाबी रकम पनि ४३ लाख ६७ हजार रुपैयाँ पुग्ने प्राधिकरणको प्रक्षेपण रहेको छ भने पशुपन्छी बीमामा पनि हालसम्म ५ वटा दाबीको ३५ लाख ७० हजार रुपैयाँको दाबी परेको छ । उक्त दाबी बढेर १९ पुग्ने र दाबी रकम समेत १ करोड १५ लाख रुपैयाँ पुग्ने प्राधिकरणको अनुमान छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता सामुन्द्रिक बीमातर्फ भने हालसम्म जम्मा एउटा मात्रै बीमा दाबी परेको प्राधिकरणले जनाएको । निर्जीवन बीमा कम्पनीमा सामुन्द्रिक बीमातर्फ एउटा दाबी वापत ६ लाख रुपैयाँ बराबरको दाबी माग परेको हो । तर उक्त दाबी बढेर १८ वटा पुग्ने र दाबी रकम समेत ९३ लाख २३ हजार रुपैयाँ पुग्न सक्ने प्राधिकरणको प्रक्षेपण रहेको छ ।  

नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमाको दायरालाई थप विस्तार गर्दै सम्पत्ति बीमा सम्बन्धी नयाँ बीमा निर्देशिका जारी गरेको थियो । जसअन्तर्गत जोखिमको आधारमा सम्पत्तिको वर्गिकरण गरेर निहित जोखिमकै आधारमा बीमादर समेत कायम गर्ने अवधारणा ल्याएको छ । निहित जोखिमको आधारमा प्राधिकरणले जोखिमयुक्त सम्पत्तिलाई अति सामान्य, सामान्य जोखिम, मध्यम जोखिम, उच्च मध्यम जोखिम, न्यून खतराजन्य जोखिम, मध्यम खतराजन्य जोखिम र उच्च खतराजन्य जोखिममा वर्गिकरण गरेको छ ।  

प्राधिकरण तथा बीमकहरुले पटक–पटक आफूसँगै आफूसँग भएको स्रोत साधन र सम्पत्तिको बीमा गर्न सुझाव दिएपनि बीमितहरुले बीमा नगर्दा प्राकृतिक प्रकोपले क्षति पुर्याएको सम्पत्तिको क्षतिपूर्ति पाउनबाट बञ्चित हुनुपरेको छ । ज–जसले समयमै बीमाको महत्व बुझेर बीमा गराएका छन् आज उनीहरुले बाढीपहिरोबाट सम्पत्ति लगायत जनधनको क्षति भएपनि बीमा दाबी माग गर्न पाएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.