बिहीबार, बैशाख ३१,२०८३ 08:07:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:07:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रतन टाटालाई लगानीको सल्लाह दिने को हुन् यी युवा ? यसरी भएको थियो भेट

Laxmi Sunrise Bank Limited
रतन टाटालाई लगानीको सल्लाह दिने को हुन् यी युवा ? यसरी भएको थियो भेट
Shivam Cement

काठमाण्डौ । ९ अक्टोबर २०२४ मा भारतका दिग्गज व्यापारी रतन टाटाको निधन भयो। उनको अन्तिम यात्रामा सम्पूर्ण राष्ट्रले शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रतन टाटाको अन्तिम संस्कारमा देश र विश्वका चर्चित व्यक्तित्वहरु पनि सहभागी भएका थिए ।  

यस्तोमा एक युवासँग रतन टाटाको सम्बन्धका बारेमा निर्क चर्चा सुरु भएको छ । ती युवा हुन् शान्तनु नायडु । रतन टाटालाई आँसु भरिएका आँखाले अन्तिम विदाई दिँदै शान्तनुले लेखेका थिए, ‘यो मित्रताले अहिले मभित्र जुन शून्यता सिर्जना गरेको छ, त्यो म जीवनभर सहन्छु म यसलाई भर्ने प्रयासमा मेरो समय खर्च गर्नेछु। मायाको लागि दुःखको मूल्य चुकाउनु पर्छ। अलविदा, मेरो प्यारो लाइटहाउस।’  

Bizshala
New Office
CG Motors

को हुन् शान्तनु नायडू ?  

शान्तनु नायडूको जन्म भारतको पुणेमा भएको थियो। शान्तनुले सन् २०१४ मा सावित्रीबाई फुले पुणे विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री पूरा गरे । यसपछि शान्तनुले सन् २०१६ मा कर्नेल जोन्सन ग्रेजुएट स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेशनमा स्नातकोत्तर गरे । आफ्नो शिक्षा पूरा गरेपछि, उनले टाटा एलक्सीमा अटोमोबाइल डिजाइन इन्जिनियरको रूपमा आफ्नो करियर सुरु गरे।  

लिङकेडिनका अनुसार उनले सन् २०१७ मा टाटा ट्रष्टमा काम गरेका थिए । उनी रतन टाटाको सहायकको रुपमा रहेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

रतन टाटालाई दिन्थे लगानीको सुझाव

नायडुको प्रतिभाबाट रतन टाटा निकै प्रभावित भएका थिए । त्यसैले टाटाले आफै फोन गरेर उनलाई आफ्नो सहायक बन्ने प्रस्ताव गरेका थिए । यसपछि नायडु सन् २०२२ मा रतन टाटाको अफिसमा जीएम बनेका थिए । नायडुको जन्म सन् १९९३ मा महाराष्ट्रको पुणेमा भएको थियो । उनले रतन टाटालाई स्टार्टअप कम्पनीमा लगानी गर्न सुझाव दिने गर्थे ।  

रतन टाटासँग कसरी भयो भेट ?

शान्तनु नायडुसँग रतन टाटाको भेट जनावर प्रेमका कारण भएको थियो । दुवैको भेट सन् २०१४ मा भएको थियो । नायडुले सडकका कुकुरलाई दुर्घटनाबाट बचाउन रातमा चम्किने पट्टी बाध्ने काम गर्थे । उनको यो कामबाट रतन टाटाको मन छोयो । जसपछि दुवै जना नजिक भए र दुवैबीच गहिरो मित्रता बस्यो । रतन टाटासँग पहिलो पटक भेट हुँदा नायडु २० वर्षका थिए ।  

जागिरका अलावा नायडु गुडफेलो स्टार्टअपका पनि मालिक हुन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.