बुधबार, भाद्र २५,२०८२ 10:23:05
  • बुधबार, भाद्र २५,२०८२ 10:23:05
Global IME Bank Limited

एभरेष्ट बैंकले विविध कार्यक्रम आयोजना गरि मनायो स्थापनाको ३० औं वार्षिकोत्सव

Hyundai Nepal
एभरेष्ट बैंकले विविध कार्यक्रम आयोजना गरि मनायो स्थापनाको ३० औं वार्षिकोत्सव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मनाएको छ । बैंकले  कार्तिक १ गते का दिन बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदरपत्र वितरण गर्दै वार्षिका्ेत्सव मनाएको हो ।  

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको जनाएको छ । ३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोडको आर्थिक सहयोग गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा,एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालाूलाई उक्त चेक हस्तान्तरण गरेका थिए । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाण्डौकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.