सोमबार, फाल्गुन १२,२०८१ 04:50:08
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 04:50:08
IME remit
Global IME Bank Limited

सीइओ बन्ने कुनै छिटो बाटो छ? यस्तो छ १० वर्षे अध्ययनको निश्कर्ष

Hyundai Nepal
सीइओ बन्ने कुनै छिटो बाटो छ? यस्तो छ १० वर्षे अध्ययनको निश्कर्ष
Nabil Bank Limited

काठमाण्डौ । व्यवसायिक जागिरे जीवनका क्रममा कसैको करिअर राम्रो ढंगले अघि बढ्छ भने कसैको लामो समय लाग्छ वा एकै स्थानमा रोकिन सक्छ ।  

सामान्य रुपमा कुनै व्यक्तिले आफ्नो करिअर बनाउनुअघि एमबीए प्रोग्राममा सहभागी हुने र कुनै प्रतिष्ठित संस्थामा उच्च पदको जागिर खाने र जोखिमहरुलाई पन्छाउँदै चुचुरोमा सिधै पुुग्ने सिंढी चढ्ने आम मानिसको बुुझाई रहेको पाइन्छ । तर हावर्ड बिजनेश स्कुलको डेटाले योभन्दा बिल्कुलै फरक तथ्य उजागर गरेको छ ।  

हावर्ड बिजनेश स्कुलले यही विषयमा १० वर्ष लगाएर रिसर्च गरेको छ । जसलाई ‘सीईओ जिनोम प्रोजेक्ट’को नाम दिइएको छ । जसमा १७ हजार सी–सुइट एक्जीक्युटीभ एसेस्मेन्ट्सहरुबाट डेटा संकलन गरिएको छ ।  

कुनै व्यक्ति उच्च पदमा कसरी पुुग्यो भन्ने विषयलाई विश्लेषण गर्न यसमध्ये २६०० एसेस्मेन्ट्सहरुको गहिरो अध्ययन गरिएको छ । यसमा सीईओको जिम्मेवारीमा २४ वर्षको औसत अवधिभन्दा तीव्र गतिमा पुुगेका सीईओ रेसका धावकहरुका बारेमा नजिकबाट नियालिएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो अध्ययनले सीईओ रेसका धावकहरुले सजिलै गरी उच्च पदमा नपुुगेको देखाएको छ । उनीहरुले साहसिक निर्णय गर्दै यो स्थानसम्म पुुगेको र यसले अगाडि बढाउने बस्तुका काम गरेको अध्ययनले देखाएको छ । करिअरलाई अघि बढाउने तीनवटा तत्वहरु सबैमा समान रुपमा देखिएको छ । यीमध्ये ९७ प्रतिशतहरुले करिअरलाई अगाडि बढाउने कम्तीमा एउटा तत्व हासिल गरेको र ५० प्रतिशतले कम्तीमा दुुईवटा हासिल गरेको बताएका छन् ।९यीमध्ये २४ प्रतिशतसँग मात्रै एमबीए डिग्री रहेको पाइएको छ ।०

यी तत्वहरुका माध्यमबाट उनीहरुले विशेष आचरण र क्षमताको विकास गरेका थिए । जसले उनीहरुलाई सफल सीइओका रुपमा उभ्याएको छ ।

यसमा निर्णय लिने क्षमता, विश्वसनीयता, ग्रहण गर्नसक्ने क्षमता र प्रभाव पार्नसक्ने विषयमा संलग्न हुनसक्ने क्षमता समावेश छन् । यी तत्वहरु यतिसम्म शक्तिशाली छन् कि सीईओ पदमा पुुग्न नचाहनेहरु पनि यी रणनीतिहरुमध्ये कुनै एक रणनीति अपनाएर त्यो पदमा पुुगेको अध्ययनमा देखिएको छ ।  

‘गो स्मल टु गो बिग’

सीईओ पदमा पुुग्ने बाटो दुर्लभमै मात्र सिधा हुने गर्दछ । यो पदमा पुुग्नका लागि कहिलेकाँही पछाडितर्फ वा दायाँबायाँ समेत पाइला चाल्नुपर्ने हुनसक्छ ।  

हावर्ड बिजनेश स्कुलले गरेको अध्ययनमा ६० प्रतिशत सीईओहरुले आफ्नो करिअरको दौरान कुनै न कुनै बिन्दुमा कम्पनीको सानो जिम्मेवारी सम्हालेको बताएका छन् । उनीहरुले कम्पनीमा केही नयाँ कुराको सुरुवात९उदाहरणका लागि नयाँ प्रडक्ट वा डिभिजन० गरेको, ठूलो जिम्मेवारीका साथ सानो कम्पनीमा आवद्ध भएको वा आफ्नो छुट्टै व्यवसाय गरेको बताएका छन् । यी प्रत्येक केसहरुमा उनीहरुले आफूले पाएको अवसरलाई केही नयाँ गर्न र प्रभाव पार्नसक्ने काम गर्नमा उपयोग गरेका थिए ।  

जेम्स तीस वर्ष नुपुुग्दै रणनीति र व्यवसाय विकासका लागि एउटा मल्टी बिलिनियर डलरको मार्केटिङ एण्ड कम्युनिकेसशन बिजनेशमा हायर भएका थिए । उनलाई करिअरको सुरुवातमा कुनै एउटा नयाँ बिजनेशको विकास गर्न भनिएको थियो । यो उनका लागि घटुवा९डिमोसन० जस्तै वा संस्थाको रित्तो चार्ट र अनिश्चित भविष्यतर्फ धकेल्नु जस्तै थियो । ‘म प्रवेश गर्दाखेरी आम्दानी शून्य थियो र पछि हामीले यसलाई २५० मिलियन डलरको व्यवसाय बनायौँ ।’–उनले भने । शून्य अवस्थामा रहेको व्यवसायलाई उनले एउटा नयाँ रुप दिए । यस क्रममा उनले बजेट व्यवस्थापन, कम्पनी सञ्चालन र रणनैतिक दुरदर्शीता जस्ता व्यवस्थापनका महत्वपूर्ण र आवश्यक सीपहरु सिके । यी सीपहरु एउटा सफल सीईओ बन्नका लागि आवश्यक पर्ने तत्वहरु हुन् । ९अध्ययन गरिएका करीब ९० प्रतिशत सीइओहरुसँग व्यवस्थापनको सामान्य अनुुभव रहेको पाइएको थियो० १३ वर्षपछि जेम्स १।५ बिलियन डलरको शिक्षा र तालिम व्यवसायको सीइओ बनेका छन् ।  

ठूलो छलाङ  

अध्ययन गरिएका करीब एकतिहाई सीईओहरुले आफ्नो करिअरको पहिलो दशकमा ठूलो छलाङ मार्दै उच्च पदमा पुुगेका थिए । उनीहरु जोखिममा सावधानीपूवर्क कदम चाल्दै पाएका अवसरहरुलाई सहर्ष स्वीकार्दै अघि बढेका थिए, चाहे त्यो भूमिका उनीहरुले यसअघि गरेका भन्दा भिन्न नै किन नहुन् । उनीहरु भविष्यको चुनौतिहरुका लागि पूर्ण रुपमा तयार नभएको महसुस गर्ने गर्दथे ।  

उदाहरणका लागि २४ वर्षको उमेरमा जेरी २०० मिलियन डलरको कम्पनीमा सिनियर अकाउन्टेन्टका रुपमा प्रवेश गरेका थिए । कम्पनीमा प्रवेश गरेको ८ महिनापछि उनलाई सीएफओ पदका लागि अफर गरियो । उनको उमेर कम भए पनि वा अझै पनि सिक्ने चरणमै भए पनि उनले यो नयाँ चुनौतिलाई स्वीकार गरे । ‘म मेरो जिम्मेवारीका लागि एकदमै कलिलो थिएँ र मलाई मेरो पूर्व तयारीबिना नै जिम्मेवारी दिइएको थियो ।’ उनी भन्छन । सीएफओको रुपमा उनले कार्य सञ्चालनका बारेमा विस्तृत रुपमा ज्ञान हासिल गरे र नयाँ जिम्मेवारी तथा अनिश्चित वातावरणमा आफ्नो दक्षतालाई प्रमाणित गरे । करीब ९ वर्षपछि सीओओ हुँदै उनी सीईओको पदमा पुुग्न सफल भए ।  

यदि तपाइँहरु पनि आफ्नो पोल्टामा यस्तो अवसर आउँदैन भन्ने अपेक्षा गर्नुहुन्छ भने तपाइँ एक्लो हुनुहुन्न । तर अध्ययन गरिएका यी सीईओहरुले आफ्नो भाग्य आफैं बनाएका थिए । उनीहरु व्यवसायको थुप्रै पक्षहरुसँग जोडिने कर्स फङ्सनल प्रोजेक्टहरुमा हात हाल्न सुुझाव दिन्छन् । यसका लागि आफ्नो बोससँग अतिरिक्त जिम्मेवारीको माग गर्नुपर्दछ । जटिल र कठिन समस्याहरु समाधान गर्नतर्फ अग्रसर हुनुपर्दछ । यी सबैभन्दाामथि ठूला अवसरहरुलाई ‘एस’९हुन्छ० भन्ने बानी बसाल्नुपर्दछ, चाहे तपाइँ त्यो कामका लागि तयार हुनुहोस वा नहुनुहोस् ।  

ठूला समस्याहरुसँग जुध्ने क्षमताको विकास  

यो केही झञ्झटीलो हुनसक्छ तर आफूलाई सीईओको रुपमा प्रमाणित गर्नका लागि समस्याहरुसँग लड्नसक्ने क्षमता विकास गर्न आवश्यक हुन्छ । समस्याहरु भन्नाले न्यून प्रदर्शन गर्ने बिनजेश युनिट, असफल प्रडक्ट वा कम्पनी नै टाट पल्टनु हुनसक्छ । व्यवसायका लागि कुनै पनि समस्याहरु जतिसक्दो चाँडो समाधान गर्न आवश्यक पर्ने गर्दछ । हावर्ड बिजनेश स्कुलले गरेको अध्ययनमा करीब ३० प्रतिशत सीईओहरुले यस्ता समस्याहरुबाट आफ्नो टिमहरुलाई अघि बढाएको देखिएको छ ।  

कठीन र अव्यवस्थित अवस्थाहरुले बलियो नेतृत्व विकास गर्नका लागि सहयोग प्रदान गर्ने गर्दछ । संकटको अवस्थामा उदयीमान नेतृत्वकर्ताहरुले समस्याग्रस्त अवस्थालाई शान्त रही आफ्नो क्षमता प्रदर्शन गर्ने, दवाबमा निर्णय लिने, अनुमानित जोखिमको सामना गर्ने र अनुकुल अवस्थाको सामना गर्ने अवसरका रुपमा उपयोग गर्न सक्दछन् । अर्को शब्दमा भन्नुपर्दा यसलाई सीईओ बन्नका लागि अभ्यासका रुपमा लिन सकिन्छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.