शुक्रबार, आश्विन २,२०८३ 03:20:17
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 03:20:17
Bizshala
Global IME Bank Limited

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले भने,‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्यश्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।

Shivam Cement
Bizshala
CG Motors

नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराए ।  

पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे ।  

Muktinath Bikas Bank Limited

नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.