सोमबार, असार २,२०८२ 03:11:13
  • सोमबार, असार २,२०८२ 03:11:13
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता ५७% पुग्यो, नाफा सामान्य बढ्यो

Hyundai Nepal
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता ५७% पुग्यो, नाफा सामान्य बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता बढाएर ५० प्रतिशतभन्दा बढी पुर्याएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमतादर ५७.५६ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ४७.२२ प्रतिशत थियो ।  

बैंकले समीक्षा अवधिसम्ममा ३ अर्ब ४३ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ८२ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ३८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकको यस्तो आम्दानी घटेर १ अर्ब १६ करोड रुपैयाँमा सीमिति बनेको छ ।  

समीक्षा अवधिमा बैंकले १ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब ९५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको असोज मसान्तसम्म १.१० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १.९५ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी  ३६.५७ रुपैयाँ, पीई अनुपात १९.३८ गुणा र प्रतिसेयर नेटवर्थ  २२७.१३ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.