बुधबार, भाद्र ३,२०८३ 02:41:00
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:41:00
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्यपश्चात प्रभातफेरी गरिएको थियो ।  

केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबुभवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो । यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरतासम्बन्धी विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पुर्याएको थियो ।

Bizshala
CG Motors

प्रभातफेरी कार्यक्रमपश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २० औं वार्षिकोत्सवसम्बन्धी आफ्नो छोटो मन्तव्य राखेका थिए ।  

साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाण्डौ, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेका थिए ।  

सांग्रिला डेभलपमेन्ट बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटीएम रहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.