काठमाण्डौ । सामसुङ इलेक्ट्रिोनिक्सको बिक्री र सञ्चालन मुनाफा अपेक्षा गरेभन्दा बढी सुधार आएको छ । यद्यपी कम्पनीको चिप व्यवसायको नाफामा भने तीव्र गिरावट आएको छ ।
बिहिबार प्रकाशित कम्पनीको त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो । सामसुङको सेमीकन्डक्टर युनिटले तेस्रो त्रैमासमा २.८ बिलियन डलरबराबर सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो त्र्रैमासको तुलनामा ४० प्रतिशतले कम हो ।
यद्यपी एआई र कन्भेन्सनल सर्भर प्रडक्टको बलियो मागका कारण कम्पनीको मेमोरी युनिट भने लाभान्वित भएको कम्पनीले जनाएको छ ।
सामसुङ, ल्यापटप र सर्भरमा प्रयोग हुने चिप उत्पादन गर्ने प्रमुख उत्पादक हो , विश्व स्मार्टफोन बजारमा कम्पनी दोस्रो ठूलो खोलाडीको रुपमा रहेको छ ।