काठमाण्डौ । भियतनामको सेयर बजार विश्व बजारमा उदाउने तरखरमा रहेको छ । सन् २०१८ देखि फुट्सीको‘इमर्जिङ मार्केट वाचलिष्ट’मा रहेको दक्षिणपूर्वी एशियाली देश भियतनामलाइ यतिबेला ‘फ्रन्टीयर’ सेयर बजारको रुपमा वर्गिकृत भएको छ ।
ग्लोबल इन्डेक्स प्रदायक फुट्सी रसेलले गत महिना भियतनामले आफ्नो वाचलिष्ट जोगाएको बताएको थियो । फुट्सीले भियतनाम सरकारले सेयर बजारको सुधारका लागि सहायता प्रदान गरेको र बजार सुधारका लागि स्थानिय अधिकारी र वैदेशिक लगानीकर्तासँग वार्तालाप गर्न समेत सुझाव दिएको छ । इमर्जिङ मार्केटको मान्यता प्राप्त गरे भियतनाममा अरबौ डलर विदेशी लगानी भित्रिने विश्वास गरिएको छ । यतिबेला भियतनामको बजार पूँजीकरण २ सय अर्ब डलर रहेको छ ।
भियतनामले सन् २०२५ सेप्टेम्बरसम्म उदयिमान बजारको मान्यता पाउने विश्वास गरिएको छ । भियतनामका प्रधानमन्त्रीले पनि यहि मितिसम्म उदयिमान सेयर बजारको रुपमा मान्यता पाउने लक्ष्य लिएका छन् ।
भियतनामको सरकारले अर्थतन्त्रमा सुधारका लागि विभिन्न प्रयास गरेका छन् । विश्व बैंकले सन् २०२५ सम्म भियतनामको जीडीपी ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।