शुक्रबार, असार २६,२०८३ 08:36:11
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:36:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंक साफा बीपीएद्वारा ‘‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंक साफा बीपीएद्वारा ‘‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित

काठमाण्डौ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एशियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA)Best Presented Annual Report अवार्डस २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ साल गरि दोस्रो पटक सम्मानित भएको हो ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एशियाली देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो। 

New Office
CG Motors
Garima Development Bank

विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एशियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तराष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.