आईतवार, बैशाख ६,२०८३ 08:55:53
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:55:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

Bizshala
मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बंैकिङ सेवाको स्तरबृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  

यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने बैंकले उल्लेख गरेको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ग्राहकहरुले मोबाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सक्नेछन् । यसका साथै, अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी,नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ–कर्मस कार्ड सक्रिय,भाषा छनौट, बिदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी , बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने बिभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न,विभिन्न भुक्तानीको तालिका राख्न,आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिकलगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.