शुक्रबार, बैशाख ४,२०८३ 12:22:38
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:22:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थतन्त्रमा लगातार सुधारको संकेत: कर्जा प्रवाह गत वर्षभन्दा उत्साहजनक, सातामै १० अर्ब परिचालन

Bizshala
अर्थतन्त्रमा लगातार सुधारको संकेत: कर्जा प्रवाह गत वर्षभन्दा उत्साहजनक, सातामै १० अर्ब परिचालन
Shivam Cement

काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ । 

गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो । 

गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र कर्जा प्रवाह भएको थियो । तर, यो वर्षको भदौ महिनाको पछिल्लो एक सातामै १० अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघ(एनबीए)ले जनाएको छ । 

एनबीएका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार भदौ २२ गतेसम्म बैंकहरुले ३२ अर्ब बढी नयाँ कर्जा प्रवाह गरिसकेका छन्।

यही अवधिमा बैंकहरुमा २८ अर्ब बढीले निक्षेप थपिएको छ । 

गत एक साता(१६ गतेदेखि २२ गतेसम्म)को तथ्याङ हेर्दा बैंकहरुले १० अर्ब नयाँ लोन प्रवाह गरेका छन् । यो अवधिमा ८ अर्ब डिपोजिट थपिएको छ । 

‘गत आर्थिक वर्षसँग तुलना गर्ने हो भने यो वर्षको भदौको कर्जा र निक्षेप परिचालनको अवस्था उत्साहजनक मान्न सकिन्छ ।’ एनबीएका सीइओ शर्मा भन्छन्–‘तर गत वर्षभन्दा अघिल्ला वर्षहरुको तुलनामा हेर्ने हो भने चाहिँ भदौमा कर्जा र निक्षेपतर्फ देखिएको ग्रोथ नोमिनल नै हो ।’ 

उनले चाडपर्वको सिजन सुरु भएको अवस्थामा समेत कर्जामा उत्साहजनक वृद्धि आउन नसकेको बताए । ‘चाडपर्वलाई लक्षित गरी आयात व्यापार गर्नेहरुबाट लोन माग बढी नै हुनुपर्ने, तर त्यस्तो देखिइसकेको छैन ।’ शर्माले भने–‘हुन त भदौको एकसाता अझै बाँकी छ । अहिलेकै ग्रोथअनुसार कर्जा बढेको अवस्थालाई सन्तोषजनक नै मान्न सकिन्छ ।’ 

भदौ ९ देखि १५ गतेसम्मको सातामा पनि वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप आएको थियो भने ८ अर्ब बराबर नै कर्जा प्रवाह भएको थियो । 

गत शुक्रबार(भदौ २२ गते)सम्मको अवस्था हेर्दा बैंकहरुमा कुल निक्षेप ४९६६ अर्ब पुगेको छ भने कर्जा परिचालन कुल ४३३२ अर्ब पुगेको छ।

शर्माकाअनुसार भदौमा लोन र निक्षेपतर्फ देखिएको ग्रोथ गत पुसदेखि अहिलेसम्मकै उच्च हो । पुसदेखि हालसम्मका कुनै पनि महिनामा भदौमा जस्तो लोन र निक्षेपतर्फ बढोत्तरी भने भएको थिएन । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका कर्जाको माग बिस्तारै बढ्न थालेको देखिन्छ । गाडी कर्जा, घरजग्गा कर्जाको माग बढिरहेको छ । विभिन्न सामानहरु आयात गर्नेहरुबाट समेत कर्जा माग बढेको छ। 

तर, बैंकरहरु भने उल्लेख्य मात्रामा कर्जाको माग अझै बढ्न नसकेको बताइरहेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office
CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.