Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 07:24:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिसोबाट बच्न प्रयोग गर्ने हिटरले निम्त्याउन सक्छन यस्ता समस्या, सही तरिकाले कसरी प्रयोग गर्ने ?

Bizshala
चिसोबाट बच्न प्रयोग गर्ने हिटरले निम्त्याउन सक्छन यस्ता समस्या, सही तरिकाले कसरी प्रयोग गर्ने ?
Shivam Cement

काठमाण्डौ । देशभर चिसोयामको सुरुवात भईसकेको छ । चिसो बढेसँगै रुम हिटर जस्ता न्यानो बनाउने साधन अनिवार्य जस्तै बन्ने गर्छ । चिसोपनबाट छुटकारा दिलाउन रुम हिटर सजिलो र छिटो माध्यम बन्ने गर्छ ।  

तर हिटरको बढ्दो प्रयोगले यसले दीर्घकालमा निम्ताउने सम्भावित स्वास्थ्य तथा पर्यावरणीय जोखिम पनि बढाई दिएको छ । कृत्रिम तापमा लामो समयसम्म बसिरहदा यसले छाला सुख्खा बनाउने, स्वासप्रस्वाससँग सम्बन्धित समस्या,उच्च उर्जा खपत र पर्यावरणीय जोखिम समेत निम्त्याउन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजारमा विभिन्न प्रकारका हिटरहरु उपलब्ध छन् । यी हिटरहरुको आ–आफ्नै फाइदा र बेफाइदाहरु हुन्छन् । आम रुपमा बजारमा पाइने भनेको ह्यालोजेन हिटर,फिलामेन्ट हिटर,ब्लोअर हिटर र आयल फिल्ड रेडियटर्स हुन् । यी सबैको आफ्नै विशेषता र जोखिम छन् । जसलाई प्रयोगकर्ताले राम्ररी पहिल्याउनु पर्ने हुन्छ ।  

कृत्रिम तापमा लामो समयसम्म बस्दा यसले छालालाई सुख्खा बनाउने गर्छ । जसका कारण छाला चिलाउने,रातोपना र समय अगावै बुढो देखिने जस्ता समस्या देखिन सक्छ । रुम हिटरको तापले छालाको प्राकृतिक आद्र्रता सोस्ने गर्छ । जसका कारण छाला टाइट भई असजिलो हुने गर्छ । चिसोयाममा सुख्खा मौसमका कारण पहिले देखिनै समस्याग्रस्त रहेको छालामा यसले थप समस्या निम्त्याउृन सक्छ ।  

छालालाई स्वस्थ राख्न आद्र्रताले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । छाला धेरै सुख्खा भयो भने यसले एक्जेमा र सोराईसिस जस्ता समस्या निम्त्याउन सक्छ । धेरैजसो रुम हिटरले कोठाभित्रको आद्र्रता घटाउने गर्छन् ।  

हिटरको तापले दम र एलर्जी जस्ता समस्या भएकालाई थप समस्या समेत पार्न सक्छ । स्वाससँग सम्बन्धित बिरामीलाई लामो समय हिटरमा बस्दा स्वास फेर्न कठिनाई हुने समस्या समेत देखिन सक्छ ।  

यसका साथै यसले निद्रामा समेत असर पार्न सक्छ ।  

CG Motors
Garima Development Bank
IME remit

चिसोयाममा छालाको ख्याल कसरी गर्ने ?

–कोठामा उचित मात्रामा आद्र्रता कायम राख्न ‘ह्युमीडीफायर’को प्रयोग गर्ने

–तापमा धेरै बसे बसेपछि प्रत्येकपटक म्वास्चराइजरको प्रयोग गर्ने,

–चिलाउने र पोल्ने समस्याबाट बच्न वास्ना नआउने म्वास्चराइजरको प्रयोग गर्ने  

स्वासप्रस्वासको समस्याबाट कसरी बच्ने ?

–धुलोबाट बच्न हिटरलाई हिटरलाई सफा राख्ने

–कोठाभित्र ताजा हावाका लागि कोठालाई नियमति रुपमा भेन्टिलेट गर्ने

–यदि स्वाससँग सम्बन्धी समस्या देखिए चिकित्सकसँग परामर्श लिने

अग्नि सुरक्षा कसरी गर्ने ?

–हिटर बालेर कहिल्यै पनि नछाड्ने(विशेष गरेर फिलामेन्ट हिटर)

–कागज र पर्दा जस्ता चाडो आगो टिप्ने वस्तुहरुबाट हिटरलाई टाढा राख्ने

–सम्भावित कमी कमजोरी वा क्षतिका लागि हिटरलाई बेलाबेला मर्मत सम्भार गर्ने  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.