मंगलवार, बैशाख ८,२०८३ 05:37:16
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 05:37:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै कमजोर बन्ने प्रक्षेपण

Bizshala
डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै कमजोर बन्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । विश्वका अधिकांश इन्भेष्टमेन्ट बैंकले डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै न्यून विन्दुमा पुग्ने आँकलन गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सारशुल्क बढाउने धम्कि दिएसँगै चिनियाँ मुद्रा रेकर्डस्तरमा कमजोर बन्ने आँकलन गरिएको हो ।  

सिएनबीसीले १३ संस्थाबीच गरेको प्रक्षेपणमा अधिकांशले सन् २०२५ सम्म औषत रुपमा चिनियाँ युआन प्रतिडलर ७.५१ कायम हुने अनुमान गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो भनेको हालसम्मकै न्यून हो । यसअघि सन् २००४ मा चिनियाँ युआन डलरको तुलनामा हालसम्मकै न्यून कायम भएको थियो ।  

ट्रम्पले गत सोमबार अमेरिका आउने चिनियाँ वस्तुमा थप १० प्रतिशत शुल्क लगाउने बताएका थिए । चुनावी अभियानका क्रममा उनले चिनियाँ वस्तुमा ६० प्रतिशत वा सो भन्दा बढीको शुल्क लगाउनु पर्ने बताएका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

ट्रम्पको पहिलो कार्याकालमा सन् २०१८ मा चिनियाँ युआन ५ प्रतिशतले घटेको थियो । यसका साथै अमेरिकासँगको व्यावार तनावका कारण युआन थप १.५ प्रतिशतले कमजोर बनेको थियो ।    

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.