बुधबार, भाद्र ३,२०८३ 01:06:45
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:06:45
Bizshala
Global IME Bank Limited

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
New Office

काठमाण्डौ । मौसममा आएको खराबीका कारण तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

बाक्लो हुस्सुका कारण मोसममा खराबी आएको कारण देखाृँउँदै जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगन गर्ने लिखित जानकारी दिएका हुन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । विमानस्थल आसपास रहेका सिमन्ट उद्योग, इँटा कारखानाको निस्कने धुँवा र चिसोका कारण हुस्सुको मात्रा बढ्दा विमानहरुलाई अवरणमा समस्या भईरहेको जनाइएको छ ।  

Bizshala
CG Motors

नागरिक उड्डयन प्राधिकरणले भने विमान कम्पनीहरुलाई दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरेको छ । हाल भैरहवाको बिहानको भिजिबिलिटी १ हजारदेखि १२ सय मिटर हाराहारी रहेको छ । जुन साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन ।  

साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.