सोमबार, असार २,२०८२ 04:04:53
  • सोमबार, असार २,२०८२ 04:04:53
Global IME Bank Limited

स्ट्याण्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त

Hyundai Nepal
स्ट्याण्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त भएका छन् । स्थापना कालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको हो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत कर्मचारीहरु अन्य बैंकको सीईओ भएतापनि बैंकले आफ्नै कर्मचारीलाई भने अहिलेसम्म सीईओको जिम्मेवारी दिएको थिएन । बैंकमा कार्यरत शशी जोशी, परशुराम कुँवर क्षेत्री, अनुपमा खुन्वेली,अजय श्रेष्ठ, सुनिल केसी, उपेन्द्र पौड्याल, सुदेश खालिङ र लक्ष्मण रिजाल अन्य बैंकमा सीईओ भएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राणालाई सन् २०२२ जनवरी १ मा बैंकको डेप्युटी सीईओको जिम्मेवारी दिइएको थियो । उनी सन् १९९४ देखि स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत छन् । यसबीचमा उनले बैंकको विभिन्न विभागमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन् ।  

राणाले हालका सीईओ अनिर्भान घोष दास्तिदारको कार्यकाल समाप्त भएपछि पदभार ग्रहण गर्नेछन् । उनले सम्भवत: सन् २०२५ जनवरीदेखि बैंकको सीईओका जिम्मेवारी सम्हाल्ने छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.