राजधानीका पेट्रोल पम्पहरुमा लम्बेतान लाइन,पेट्रोल र डिजेलको अभाव हुन थाल्यो
काठमाण्डौ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण राजधानीका निजी पेट्रोल पम्पहरु बन्द भएपछि सरकारी पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ । सरकारी स्वामित्वका सीमित पेट्रोल पम्पहरु मात्रै खुल्दा पम्प बाहिर आम सर्वसाधारणका लामो लाइन लागेको हो । अधिकांश निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरेका छन् । नेपाली सेना र नक्शालस्थित...

