आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस
काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जनाएको हो । मन्त्रालयका अनुसारसिफारिसमा पर्नेमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् ।

