औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरीचको आयात खुला
काठमाण्डौ । सरकारले सुपारी, केराउ तथा सेतो र कालो मरीचको आयात औद्योगिक प्रयोजनका लागि खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई कच्चा पदार्थका रूपमा मात्र यी वस्तु आयात गर्न अनुमति दिएको हो।सूचनाअनुसार आयात अनुमति प्रदान गर्दा उद्योग विभागले औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता, औचित्य...

