आईएमएफले नेपाललाई विस्तारित ऋण सुविधा (ECF) अन्तर्गत छैटौं किस्ता स्वीकृत, थप वित्तीय सहयोगको बाटो खुल्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ECF) अन्तर्गतको छैटौं समीक्षामार्फत थप ऋण सुविधा स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले बिहीबार बसेको बैठकमार्फत यो निर्णय गरेको हो।