चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !
काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

