वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य वृद्धि
काठमाण्डौ । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो ।

