आगामी बजेटका लागि १८ खर्ब ९० अर्बको सीमा तोकियो, अर्थ मन्त्रालय तयारीमा तीव्रता
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ०)तय गरेको छ। अर्थ समितिको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेट तयारीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्दै यो सीमा औपचारिक रूपमा निर्धारण गरिएको जानकारी दिएका हुन्।

