देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)
काठमाण्डौ । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ। यस देशमा प्रतिव्यक्ति जीडीपी लगभग ४५०० अमेरिकी डलर बराबर छ । तर प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ । पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो। यसको क्षेत्रफल ३३ हजार ८४६ वर्ग किलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ। यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर छ, जुन...