अमेरिका र क्यानडा व्यापार युद्धमा प्रवेश, ट्यारिफको कडा जवाफ दिने क्यानडेली प्रधानमन्त्रीको चेतावनी
काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडेली वस्तुमाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत निर्णय’ भन्दै त्यसको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन्।अमेरिका र क्यानडाबीचको व्यापार वार्ता शुक्रबार राति असफल भएपछि शनिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै कार्नीले अमेरिकाले अत्यधिक माग राखेको तर त्यसको बदलामा...

