एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन कात्तिक १० पछि खुल्ने
काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लकइन अवधि कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउँदै सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयरको ६ महिनाको लकइन अवधि सकिन लागेको जनाएको हो।

