काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।
कम्पनीले असोज मसान्तसम्म १ करोड ५४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्म कम्पनी १ करोड ९३ लाख ६६ हजार रुपैयाँ नोक्सानीमा थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ९८ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ। विद्युत उत्पादन लागत १ करोड ६७ लाख १७ हजार रुपैयाँ रहेपछि कम्पनीको कुल नाफा ४ करोड ३१ लाख ३ हजार रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३ करोड ४१ लाख ५७ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले १ करोड ८७ लाख ४ हजार रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ।
कम्पनीको चुक्तापुँजी ४७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस २ करोड ६९ लाख रुपैयाँभन्दा बढी छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रहेको छ। दीर्घकालीन ऋण ९४ करोड ५३ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।