अरुण काबेली पावरले कमायो ४.७२ करोड खुद नाफा, विद्युत बिक्री आम्दानी ९.३४% ले घट्यो
काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेपनि अरुण काबेली पावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।

