मंगलवार, फाल्गुन ५,२०८२ 01:56:16
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:56:16
Bizshala
Global IME Bank Limited

अरुण काबेली पावरले कमायो ४.७२ करोड खुद नाफा, विद्युत बिक्री आम्दानी ९.३४% ले घट्यो

अरुण काबेली पावरले कमायो ४.७२ करोड खुद नाफा, विद्युत बिक्री आम्दानी ९.३४% ले घट्यो
Shivam Cement

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेपनि अरुण काबेली पावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.३४ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत २१ करोड ४३ लाख रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ९ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च १२ करोड ६० लाख पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

३ अर्ब ८९ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५६ करोड ५८ लाख र कुल चालु दायित्व १८ करोड ८८ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.४६ गुणा रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.