सोमबार, असार २,२०८२ 10:58:57
  • सोमबार, असार २,२०८२ 10:58:57
Global IME Bank Limited

अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड ३० करोड १८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

२०८० असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण बिग्रेका कम्पनीका परियोजना २०८० माघ १० गतेदेखि पुनःसञ्चालनमा आईसकेको छ । बाढी भएको क्षति यकिन गरी दाबी भुक्तानीका लागि पेश गरिएको र उक्त रकम बीमा कम्पनीबाट आईनसकेकाले यो त्रैमासिक प्रतिवेदनमा उल्लेख नगरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ६३ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म कुल ४९ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ कोषको आकार २७ करोड ५८ लाख रुपैयाँले ऋणात्मक र सेयर प्रिमियम फण्ड १० करोड २८ लाख रुपैयाँले धनात्मक छ । कम्पनीको अल्पकालिन कर्जा ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५८ करोड ४४ लाख र कुल चालु दायित्व ११ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वर्षिक)७.७५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९५.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.८८ गुणा ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.