आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको छ । यो भनेको आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एशियाली विकास बैंक(एडिबी)को पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ । एडीबीले गरेको प्रक्षेपण मिल्यो भने नेपालको अर्थतन्त्रमा गत वर्षको तुलनामा करिब २६ प्रतिशतको ग्रोथ देखिनेछ...